हेटौँडा,१७ मंसिर  । हेटौँडा भेट्रान्स  क्लबको  आयोजनामा यही  मंसिर २७ गतेबाट सातौ हेटौँडा भेट्रान्स कप ८ ”ए” साईड  राष्ट्रिय फूटबल प्रतियोगीता आयोजना हुने भएको छ ।

आज हेटौँडामा  पत्रकार सम्मेलन गरी खेलको बारेमा  जानकारि  दिएका छन् ।  खेल  हेटौडा उपमहानगरपालिका वडा नं-५ स्थित निर्माणाधिन  पिप्ले रंगशालामा सञ्चालन हुने भएको छ ।

प्रतियोगीतामा २० वटा टीम सहभागी हुने भएको छ ।  प्रतियोगीतामा प्रथम हुने टिमलाई १ लाख ११ हजार १११ रुपया , द्धितिय हुने टिमलाई नगत ५५ हजार ५५५ रुपया प्रदान गरिने भएको छ र  उत्कृष्ट कोच, उत्कृष्ट डिफेन्डर , सर्वाधिक मिडफिल्डर , सर्वाधिक गोलरक्षकले जनही ५ हजार प्रदान  गरिने भएको छ । पाँचौं र छैटौं संस्करणको  हेटौँडा भेट्रान्स कप ८ ”ए” साईड  राष्ट्रिय फूटबल प्रतियोगीताको   उपाधि  बगरभाई खल भेट्रान्स क्लब पोखराले जितेको हो ।