हेटौँडा, १६ मंसिर । बागमती प्रदेश सरकारले साझा कार्यक्रम सार्वजनिक गरेको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन सरकार बनेपछि कात्तिक २३ गते बनाइएको बागमती सरकार सञ्चालन समन्वय संयन्त्रले निर्माण गरेको कार्यक्रमलाई सरकारकै कार्यक्रमका रुपमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रदेशका नागरिकलाई समाजवादी व्यवस्थाको सन्देश दिनेगरी वडास्तरमा समेत प्रभावकारी सरकारी सेवा दिन नमूनाका रुपमा वडा समाजवादी कार्यक्रम गरिने बताइएको छ ।

साझा कार्यक्रममा वन जंगल, ढुंगा गिटी, बालुवा तथा अन्य खनिज बहुमूल्य पदार्थको दोहोन, अनियमितता, प्राकृतिक स्रोतमाथि अत्याचार रोकिने र प्रदेशको स्रोत वृद्धिमा खनिज बस्तु परिचालन विशेष कार्यक्रम ल्याइने बताइएको छ । संयन्त्रका संयोजक युवराज दुलालले साझा कार्यक्रम मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हस्तान्तरण गर्नु भयो । मुख्यमन्त्री पाण्डले सरकारले कार्यक्रम कार्यान्वयनमा गएपछि मात्रै राम्रो नराम्रो पक्षबारे समीक्षा गरिदिन आग्रह गर्नु भयो । साझा कार्यक्रमको पूर्णपाठ यस्तो छः