हेटौंडा, ११ कार्तिक । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे तथा ३ जना मन्त्रीहरुले पद र गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरुलाई आज शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले आज सिफारिसमा आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कृष्णप्रसाद खनाल एवम् भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्णलाल भँडेल र सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तान नियुक्त गर्नुभएको हो ।

प्रदेश सभा सचिवालयका अनुसार आजै मुख्यमन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मन्त्रीहरुले र आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गर्नेछन् ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा एमाले, माओवादी केन्द, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्यहरु छन् ।