हेटौंडा, ९ असोज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनितिमा आफ्नो पार्टी चम्किलो तारा झैँ चम्किएको बताउनुभएको छ । उहाँले माक्सवाद, लेनिनवादको सिद्धान्त र मुल्य मान्यतालाई आत्मसाथ गर्दै अघि बढेको बताउनुभयो । आज मकवानपुर (एस)ले हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले आफुहरु क्रान्तिकारी परिवर्तन गरेर समाजवाद ल्याउन चाहेको बताउनुभयो । उहाँले सामाजिक न्यायको पक्षमा उभिने, सबै किसिमका असमानता र भेदभावलाई अन्त्य गर्न अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले जनताका कुरा सुन्न तथा आलोचनालाई स्वीकार गर्ने बताउनुभयो ।

अध्यक्ष नेपालको एमाले हुकुमी शैलीमा अघि बढेको आरोप लगाउनुभयो । उहाँले केपि शर्मा ओलीले जनताको बहुदलिय जनवादलाई नारामा सिमित गरेको भन्दै एमालेमा सामुहिकता, छलफल, संवाद केहि पनि नभएको जिकिर गर्नुभयो ।