हेटौंडा, ८ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भोली (शनिबार) हेटौंडा आउनुहुने भएको छ ।

नेकपा एस मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्न भोली अध्यक्ष नेपाल हेटौंडा आउन लाग्नुभएको नेकपा एककिृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरलले बताउनुभयो ।

कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष पोखरेललको भनाई छ । उहाँले कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह समेत गर्नुभयो ।

कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, बागमती प्रदेश इञ्चार्ज केदार न्यौपाने, केन्द्रीय सदस्यहरु विरोध खतिवडा, ललित बस्नेतलगायतले सम्बोधन गनुहुनेछ । साथै नगर कमिटी, अनेरास्ववियू, अनेमसंघ, युवासंघका विभिन्न कमिटीहरु घोषणा हुनेछ ।

नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा एस अहिले संगठन विस्तारमा जुटेको छ ।