हेटौंडा, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एजेण्डा मिल्नेसँग एकताका लागि प्रयास भइरहेको बताउनुभएको छ ।

काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एकताका लागि विप्लव, मोहनविक्रम, बाबुराम, मोहन वैद्य लगायतसँग संवाद भइरहेको बताउनुभयो । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गठन गर्न पनि आफुहरुको हात रहेको बताउँदै उहाँले नेपालको साथ छोडेका नेता एमालेमा धेरै समय नबस्ने जीकिर गर्नुभयो ।

माओवादी पार्टी र यसको मुल नेतृत्वलाई कमजोर पार्न ठुलो लगानी भइरहेको भन्दै अध्यक्ष दाहालले यसलाई परास्त गर्न माओवादी रुपान्तरण हुन आवश्यक रहेको बताउनुभयो ।

बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा जस्तोसुकै त्याग गरेर भएपनि गठबन्धन नटुटाउने संकल्प गरेको उहाँको भनाई छ । एमाले अध्यक्ष ओली कम्युनिष्ट आन्दोलनबाट भागेको भन्दै उहाँले ओलीलाई भगौडाको संज्ञा दिनुभयो ।