हेटौंडा, २३ भदौ । मकवानपुरमा एमालेबाट निर्वाचित ३९ जना जनप्रतिनिधिले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।
निर्वाचन आयोगले गएको भदौ १५ गतेदेखि २२ गते मंगलबार ५ बजेसम्ममा दल रोज्नका लागि दिएको समयभित्र मकवानपुरमा दुईजना गाउँपालिका अध्यक्ष, एकजना उपमेयर, एकजना उपाध्यक्षसहित ३९ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।
समाजवादीमा सनाखत गर्नेहरुमा ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु रहेका छन् ।