हेटौंडा, २२ भदौ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज सार्वजनिक विदा दिएकोे छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले हिजो (सोमबार) एक सूचना जारी गर्दै चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिनुभएको हो ।

चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा छोनाम न्वागी पर्वलाई महत्वका साथ मनाउने गरिएको अध्यक्ष मल्लले सूचनामा उल्लेख गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष मल्लले पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको संक्रमण कायमै रहेकाले स्वास्थ्य सुरक्षाका उच्चतम मापदण्ड अपनाएर भिडभाड नगरी पर्व मनाउन गाउँपालिकाबासी सबैलाई आग्रह समेत गर्नुभयो ।