हेटौंडा, २० भदौ । हेटौंडास्थित कर्रा खोलाले ट्रकसहित बगाएर बेपत्ता भएका दुवैजनाको शव भेटिएको छ ।

गत शुक्रबार हेटौंडा उपमहानगरपालिका वडानम्बर –१७ स्थित कर्रा खोलाले बगाएर बेपत्ता भएका बद्री सार्की र गणेश थापा मगर दुवैको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान चुच्चेखोला किनारमा बद्री सार्कीको शव फेला परेको हो । यस हिजो (शनिबार) गणेश थापा मगरको शव भेटिएको थियो ।

बाढीले शुक्रबार हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नंबरको ट्रक बगाउँदा ट्रक चालक सहित दुई जना बेपत्ता भएका थिए ।