हेटौंडा, २० भदौ । हेटौंडास्थित चुच्चेखोला किनारमा एकजना पुरुषको शव भेटिएको छ । आज (आइतबार) कुमाल्टारबाट दुध बोकेर डेरीतर्फ जाँदै गरेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखत हुन बँँकी छ । घटनास्थलमा प्रहरी टोली पुगेको प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।
भेटिएको शव शुक्रबार कर्रा खालाले ट्रकसहित बगाएर बेपत्ता भएका बद्री सार्कीको हो वा अन्य व्यक्तिको हो भन्ने बारे खुलेको छैन ।
यसैबिच गत शुक्रबार हेटौंडा–१७ स्थित कर्रा खोलाले ट्रक बगाउँदा बेपत्ता भएका दुईजना मध्ये एकजना शनिबार मृत भेटिएका छन् । बाढीले हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नंबरको ट्रक बगाउँदा ट्रक चालक सहित दुई जना बेपत्ता भएका थिए ।
बेपत्ता भएका मध्ये काठमाण्डौको चन्द्रगिरी नगरपालिको-१५ तिनथान बस्ने ५४ वर्षीय गणेश थापा मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरिक्षक रिमालले जानकारी दिनुभयो ।