हेटौँडा, १९ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीका कारण अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उहाका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिनुभयो ।

अध्यक्ष ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहनुभएको छ ।

अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताउनुभयो ।

नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओली सक्रिय रहनुभएको थियो ।