हेटौंडा, १९ भदौ । हेटौंडास्थित कर्रा खोलाले ट्रकसहित बगाएर बेपता भएका दुई जना अझै भेटिएका छैनन् । ट्रकसहित बगाएर हराइरहेका ट्रकका चालक बद्री सार्की र गणेश थापा मगर अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

एक्कासी आएको भेलले हिजो (शुक्रबार) हेटौंडा, उपमहानगरपालिका वडा नम्बर–१७ मा हेटौंडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसँगै ट्रकका चालक सार्की र मगरलाई बगाएको थियो । हराइरहेकाहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक रिमालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ।

https://shaktikhabar.com/archives/4534