हेटौंडा, १८ भदौ । मकवानपुर जिल्लाका सबै वडाहरुमा हुने अधिवेशनका लागि आज मतदान अधिकृत नियुक्त गरिएको छ । जिल्लाका १०२ वटै वडामा यही भदौ २० गते आइतबार एकसाथ वडा अधिवेशन हँुदै छ ।
अधिवेशनमा खटिने अधिकृतहरुका लागि आज प्रशिक्षणसमेत दिइएको छ । मुख्य निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले प्रशिक्षण दिनुभएको हो । वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टी प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो ।
सबै वडामा एक दिनअगावै निर्वाचन अधिकृतहरु पुगिसक्ने उहाँको भनाई छ । केन्द्रबाट खटाएको मुख्य जिल्ला निर्वाचन अधिकृत अधिवक्ता गोपी शर्मा सुवेदी हेटौंडा आइपुगेसँगै मकवानपुरमा पार्टी सभापति, पदाधिकारी, सल्लाकार, सदस्यहरुसँगको छलफलले भाद्र २० गते अधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कोइरालाले बताउनुभयो ।
आज (भाद्र १८ गते) महाधिवेशन गर्न तयारी नपुगेको भन्दै कांग्रेस मकवानपुरले २ दिन पछाडि गर्न लागेको हो ।