हेटौंडा, १८ भदौ । हेटौंडामा शुक्रबार कर्रा खोलाले ट्रकसहित दुईजनालाई बगाएको छ । मकवानपुरको हेटौंडा, उपमहानगरपालिका वडा नम्बर–१७ शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको १० चक्के ट्रकसहित दुईजनालाई कर्रा खोलाले बगाएको मकवानपुर प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

उहँँका अनुसार एक्कासी आएको भेलले ना ४ ख १४४० नम्बरको ट्रकसँगै ट्रकका चालक ४० वर्षीय बद्री कार्की र अन्दाजी ४२ वर्षीय गणेश थापा मगरलाई बगाएको छ । ट्रकसँगै बगेर हराइरहेका दुईजनाको खोजी कार्य भइरहेको रिमालको भनाई छ ।