हेटौंडा, १८ भदौ । आज चार प्रदेशका एक/दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्हरुले बताएका छन् । आज दिउँसो बाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एक/दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार राति पनि बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । अहिले लुम्बिनी प्रदेश सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले बताउनुभयो ।