नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आजदेखि सुरु हुँदैछ।

आज देशभरका वडाहरूमा अधिवेशन हुन लागेको छ ।

आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनका लागि आज क्रियाशिल सदस्यता टुंगिएका ५६ जिल्लाको वडा वडामा अधिवेशन हुन लागेको हो। केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाका अधिकांश वडामा अधिवेशनका लागि तयारी पूरा भएको जनाएको छ।

५६ जिल्लाका ८० प्रतिशत वडामा शुक्रबार नै अधिवेशन हुने र विभिन्न कारणले रोकिएका वडामा भदौ २६ गतेभित्र गर्ने गरी निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी दिइएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो। बाँकी जिल्लाहरुमा क्रियाशिल सदस्यताका टुंगिएपछि अधिवेशन सुरु हुनेछ।

मकवानपुर जिल्लामा भने २० गते आइतबार जिल्लाका १ सय २ ओटै वडामा अधिवेशन हुँदै छ ।