हेटौँडा, १७ भदौ । वेदान्त टेक्नोलोजिज प्रालि हेटौंँडाले मोबाइल खाता सञ्चालनमा ल्याएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा पत्रकार सम्मेलन गर्दै मोबाइल खाता एप्स सञ्चालनमा ल्याइएको हो । ‘मोबाइल हातमा खाता साथ’मा भन्ने नारासहित एप्स ल्याइएको प्रबन्धक भरत सापकोटाले बताउनु भयो ।

व्यापार व्यवसाय डिजिटल बनाउन मोबाइल खाता कोशेढुंगो सावित हुने उहाँको दाबी छ । पुरानो खाता प्रणालीलाई व्यवस्थित गर्दै व्यवसायमा हुने ससाना चुहावट रोक्न मोबाइल खाता प्रविधि उचित हुने सापकोटाले जानकारी दिनुभयो । चाँडै कम्प्युटरमा पनि सञ्चालन गर्न सकिने बताउदै उहाँले एक महिनाका लागि निशुल्क चलाउन आग्रह गर्नु भयो । आवश्यक्ताअनुसार परिमाजित गर्दै जान्ने बताउनु भयो ।

इ–सेवा, खल्तीलगायत अन्य एप्सहरु पैसा लेनदेन गर्न मिले पनि यसले हिसाब राख्दै समायानुकुल सम्झाउने गर्दछ ।