हेटौंडा, १७ भदौ । नेकपा एमालेबाट विभाजन भएको नेकपा (एकिकृत समाजवादी) पार्टीको मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल चयन हुनुभएको छ ।
आज भएको जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटि निर्माण भएको नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य मुुनु सिग्देलले घोषणा गर्नुभयो ।
कमिटिको जिल्ला उपाध्यक्षमा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी मिना लामा तथा सचिवमा विष्णु दाहाल चयन हुनुभएको छ । केन्द्रिय सदस्य सिग्देलले पार्टीप्रति सबैको बिस्तारै विश्वास बढ्दै जाने बताउनुभयो ।
नेकपा एमालेबाट विभाजन भई माधव कुमार नेपालको नेतृत्वमा गत भदौ २ गते नेकपा एकिकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।