हेटौँडा, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ४ बजे बालुवाटार बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
आजको बैठकमा समसामयिक विषयमा छलफल हुने ऊर्जामन्त्री पम्फा भुसालले जानकारी दिनुभयो ।
स्रोतका अनुसार आजको बैठकमा प्रदेश १ र
सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ ।
सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन