हेटौंडा, १६ भदौ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण प्रसाद शर्मा खनालले आज राजिनामा दिनुहुने भएको छ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेर लाग्नुभएका खनालले आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सामु राजिनामा बुझाउने स्रोतले जनाएको छ ।
खनाल चितवन २ (ख) मा एमालेबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । तर, एमाले पार्टी विभाजन भई नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी गठन भएसँगै उहाँले एमाले परित्याग गर्नुभएको थियो ।
उहाँ गत भदौ २ गते अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री बन्नुभएको थियो ।