हेटौंडा, १५ भदौ । मकवानपुर प्रहरीले विभिन्न मुद्धामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा मुद्धामा ९ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर साबिक डाँडाखर्क गा.बि.स. वडा नम्बर ४ का चित्रबहादुर थिङलाई मकवानपुर प्रहरी टोलीले सोमबार हिजो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बाट पक्राउ गरेको जनाइएको छ ।

थिङलाई आज कैद भुक्तानको लागी मकवानपुर जिल्ला अदालत उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएको छ । यसैगरि मकवानपुर जिल्ला अदालत हेटौंडाको फैसलाले विविध मुद्धामा ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का अभिषेक लामा ध्यावालाई सोहि ठाउँबाट आज पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।