भीमसेन पौडेल
हेटौँडा, १४ भदौ । हेटौँडा–६ चौघडा निवासी शान्तिकुमारी कुँवर थापाले बुबाआमाको सम्झनामा चौघडास्थित रक्षादेवी मन्दिरलाई २ थान सिमेन्टको कुर्सी प्रदान गर्नु भएको छ ।
स्वर्गीय बुबा हर्कमान कुँवर र आमा मोती कुँवरको सम्झनामा थापाले कुर्सी प्रदान गर्नु भएको हो ।
रक्षादेवी मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष शम्भुबहादुर रिमालको प्रमुख आतिथ्यता एवम् मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बानियाँको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष उपेन्द्र थापा, सचिव राजकुमार फुँयाल, सहसचिव विजयकुमार हुमागाई, समितिका पदाधिकारी र स्थानीयको उपस्थिति थियो ।