हेटौँडा,१४ भदौ । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे चयन हुनुभएको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई उपाध्यक्षमा चयन गरेको हो।
क्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। आयोगको २ मनोनीत सदस्यमा गुल्मी मुसीकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिवपूजन यादव चयन भएको लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिनुभयो।
बैठकले ३ सदस्यीय प्रदेश पदक सिफारिस समिति पनि गठन गरेको छ। जसको सदस्यमा कपिलवस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दिलकुमारी रोका र पाल्पाका यज्ञ पोखरेल चयन हुनुभएका छन्। निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार हुँदा आयोग उपाध्यक्षमा डा ईश्वर गौतमले उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो।