हेटौंडा, १३ भदौँ । मकवानपुरमा थप एक जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा ४ का ६० वर्षीय पुरुष रहेका छन् । उनको शनिबार बिहान हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै जिल्लामा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ ।
जिल्लामा कोरोनाको कारण सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका ११४ जनाको मृत्यु भएको छ ।
यसैगरि मृत्यु हुनेमा मनहरी गाउँपालिका भित्रका १३ जना,थाहा नगरपालिका भित्रका ९ जना,भीमफेदी भित्रका ७ जना,मकवानपुरगढी र बकैया भित्रका ५ /५ जना,बागमती भित्रका ४ जना,कैलाश र राक्सिराङ गाउँपालिका भित्रका २/२ जना रहेको कार्यलयले जनाएको छ ।