हेटौडा, १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिल्यै अन्य दलसँग एकता हुने सम्भावना नभएको बताउनुभएको छ

आज संसदीय दलको नेता चयन गर्न बसेको बैठकलाई सम्बोधन गर्दै उहाले भन्नुभयो‚ ‘हामी अहिले कसैसँग एकताको पक्षमा छैनौँ। हामी कसैसँग विलय हुँदैनौँ। हामी हाम्रो संगठनलाई तल्लो तहसम्म विस्तार गर्छौं। हामीले केन्द्रीयदेखि प्रदेश हुँदै स्थानीय तहसम्मको जनप्रतिनिधिको पद जोगाउँछौँ।

अध्यक्ष नेपालले पार्टी एकता ओली प्रवृत्तिकै कारण असफल भएको आरोप लगाउनुभयो। ‘हामी एकताको पक्षमा थियौँ। तर ओली प्रवृत्तिको कारणले विफल भयो‚’ उहाले भन्नुभयो ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रह्यो।

नेपालले केपी ओली कम्युनिस्टको नाममा कलंक भएको आरोप लगाउनुभयो। पार्टी विभाजनको क्रममा आफूलाई हौँसाएका केही नेताहरुले अन्तिम समयमा आएर धोका दिएको उहाले गुनासोसमेत गर्नुभयो।

ओली सामूहिकताको भावना हटिसकेको भएकाले म नै सर्वेसर्वा म नै पार्टी भन्ने अहमता बढेको टिप्पणी गर्नुभयो। ओलीले पार्टीमा सबैलाई अपमान गरेको नेपालको दबि छ। ओलीसँग जालझेलबाहेक अरु केही नभएको बताउनुभयो। ओलीले संविधान र लोकतन्त्र विरुद्ध कदम चालेको भएकाले जनता र देशको लागि विद्रोह गरेर रक्षामा उभिएको भनाइ राख्नुभयो।