हेटौडा, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलका लागि प्रचण्ड एक घण्टाअघि नै बालुवाटार पुग्नुभएको थियो। छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको बताइएको छ।
हिजो पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभयको छैँन ।