नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।
दलको नेता चयन गर्न आज संसदीय दलको बैठक बोलाइएको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो। बिहान ११ बजे बस्ने बैठकले दलको नेता छान्ने चौधरीले बताउनुभयो। त्यसपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक छान्ने कार्यक्रम रहेको पनि उहाले बताउनुभयो। एकीकृत समाजवादीमा माधवकुमार नेपाल नै दलको नेता बन्ने पक्का छ।
एकीकृत समाजवादीमा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका सात सांसद् छन्। प्रतिनिधि सभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी,सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम,पार्वतीकुमारी विशुंखे,लक्ष्मी चौधरी, विना बुढाथोकी र झलनाथ खनाल छन्।
राष्ट्रिय सभाका डाक्टर वेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा पौड्याल, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं र शान्तिकुमारी अधिकारी जिसी एकीकृत समाजवादीमा छन्। एमालेबाट छुट्टिएका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले भदौ ९ गते नयाँ दलको वैधानिकता पाएको थियो।