हेटौंडा, १३ भदौ । केहिदिन देखिको लगातार झरीको कारण देशका विभिन्न सडकमार्ग अवरुद्ध बनेको छ । अहिले बिहान इन्द्रशरोवर गाउँपालिका वडा नम्बर ३ थिङ्डाँडामा पहिरो खसेको मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो । लगातार पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार राती मकवानपुरको भीमफेदी गाउँपालिका देउराली नजिक पहिरो गएपछि अबरुद्ध भएको सडक शनिबार साँझबाट सुचारु भएको थियो । पहिरो पन्छाएर हिजो साँझबाट सञ्चालनमा आएको थियो ।