हेटौंडा, १२ भदौ । मकवानपुरको भीमफेदी स्थित प्राकृतिक पौडी पोखरीमा ढुङ्गाबाट चिप्लिएर बेपत्ता भएका ललितपुर लुभुका १९ वर्षीय सितब बडाल मृत भेटिएका छन् ।
शनिबार भीमफेदी गाउँपालिका वडा नंबर ८ को सिस्नेरी नेचुरल स्विमिङ्ग पुल नामले चिनिने प्राकृतिक पौडी पोखरी संगैको ढुङ्गामा बसेका बडाल ढुङ्गाबाट चिप्लिएर पोखरीमा बेपत्ता भएका थिए ।
बडाल सहित उनका ६ जना साथिहरु शुक्रबार मार्खु घुम्न आएका थिए । करिब १६ फिट गहिराईको पोखरीमा बेपत्ता भएका बडाललाई स्थानिय, नेपाल प्रहरी र नेपाल आर्मीको सहयोगमा पोखरीको पानी सुकाउने क्रममा बडाल मृत अवस्थामा फेला परेका मकवानपुर प्रहरीले जनाएको छ ।