हेटोडा,१२ भदौ । मकवानपुरको उत्तरी पर्यटकीय नगरी थाहा नगरपालिकामा नेकपा एमाले फुटको प्रभाव निकै कमजोर देखिएको छ । थाहा नगरपालिकामा एमालेले जितेको ६ वटा वडामध्ये ५ जना वडा अध्यक्षहरु एमालेकै पक्षमा रहेका छन भने एकजना वडा अध्यक्ष एकिकृत समाजवादीमा लाग्नुभयको छ ।

थाहाको वडा नंबर २,५,६,१०,११ र १२ नंबर वडामा एमाले विजयी भएको थियो । जसमध्ये वडा नंबर २ र १० मा वडा अध्यक्ष मात्र विजयी हुँदा अन्य वडाहरुमा सेटनै विजयी भएको थियो । थाहामा एमालेबाट २२ जना जनप्रतिनिधि रहेका छन् ।
जसमध्ये समाजबादीमै खुलेका वडा नंबर ११ का वडा अध्यक्ष किरणमान बल हुन् । बलले आफु समाजवादीमा रहने फिक्स भैसकेको बताउनुभयो। अन्य सदस्यहरु तथा वडा अध्यक्षहरुको हकमा आफुले जानकारी नपाएको समेत उहाले बताउनुभयो ।

थाहा नगरपालिकाका एमाले नेता समेत रहनुभयका वडा नंबर ६ का वडा अध्यक्ष शसिधर सुबेदीले थाहामा एकजना वडा अध्यक्ष बाहेक अरु एमालेमै रहेको बताउनुभयो । दुईजना वडा सदस्यहरु भने केहिदिन तटस्थ रहने भन्ने जानकारी आफुले पाएको उहाको भनाई रहेको छ ।