हेटौंडा, १२ भदौ । केहिदिनदेखिको लगातार झरीको कारण देशका विभिन्न सडकमार्ग अवरुद्ध बनेको छ । हेटौंडाबाट काठमाण्डौ पुग्ने छोटो दुरीको मार्ग (शनिबार) आज फेरी अबरुद्ध भएको छ ।
गएराती मकवानपुरको भीमफेदी गाउँपालिका देउराली नजिक पहिरो गएपछि सडक अबरुद्ध भएको हो । अवरुद्ध भएपछी सडक भएर हेटौंडा–काठमाण्डौ ओहोर-दोहोर गर्ने सवारीका साधनले बैकल्पीक सडकको प्रयोग गरेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो ।
यसअघि हिजो (शुक्रबार)बिहान गएको पहिरो पन्छाएर साँझबाट सञ्चालनमा आएको सडकखण्ड आज बिहान पुनः अवरुद्ध बनेको हो ।