हेटौंडा, ११ भदौ । मकवानपुरको भिमफेदी, सानुटारस्थित राप्ती खोलामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुली लम्पटार १ का २८ बर्षीय भोजराज रहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएको छ । दुर्घटनामा चालक मोरङ सुन्दरहरैचा–८ बस्ने ३१ बर्षीय राजन बास्कोटा र ट्रकका सहचालक सोही ठाउँका २४ बर्षीय सरोज आचार्य घाइते भएका छन् ।
उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । शुक्रबार बिहान त्रिभुवन राजपथ अन्तर्गत फलाम बोकेर काठमाडौं हिँडेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आईचर ट्रक भिमफेदी –१ सानुटार स्थित राप्ती खोलामा खसेको थियो ।