हेटौंडा, १० भदौ । मकवानपुरको मनहरी गाउँपालिकामा म्याज गुज्रीएको पोषण पिठो प्रकरणमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता भएको छ । चेपाङ बालबालिकालाई वितरण गर्न २०७७ असोजमा ल्याइएको पोषण पिठो नबाँडेर म्याद गुजारेको सम्बन्धमा छानबीन गर्न मनहरीका युवा नेताहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् ।

वाइसीएल मनहरीका अध्यक्ष कृष्ण रुम्बा (झाँक्री), नेपाल तरुण दल मनहरीका अध्यक्ष स्वतन्त्र उप्रेती र नेकपा (एकीकृत समाजवादी) निकट युवा संघका अध्यक्ष कृष्णचन्द्र पुरीले बुधबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराउनु भएको हो । उजुरीमा स्वास्थ्य संयोजक टिकाराम अधिकारीले पोषण पिठो जनप्रतिनिधिहरुलाई समेत जानकारी नदिई गुपचुप राखी म्याद गुजारेर अनियमित गरेकाले छानबीन गरी कारबाहीको माग गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य तथा गुण नियन्त्रण प्रविधि कार्यालय, उपभोक्ता हीत संरक्षण मञ्च, सञ्चारकर्मीसहितको टोलीले अनुगमन गरी ११ क्विन्टल ७० किलोग्राम पोषण पिठो राखिएको मनहरी गाउँपालिकाको भण्डारण सिल गरेको थियो । वाइसीएल, युवा संघ र तरुण दलको टोली वडा नं ९ बाट समेत पौष्टिक पिठो बरामद गरी सार्बजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस् ।

https://shaktikhabar.com/archives/4090