हेटौंडा, १० भदौ । सामुदायिक रेडियो शक्ति एफएम् १०३. ४ मेगाहर्ज तथा शक्तिखवर डटकमका सहकर्मी विकल्प चौलागाईमाथि भएको दुर्व्यवहार प्रति पत्रकार महासंघ मकवानपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्ति जारी गर्दै महासंघले संचारमाध्यममा प्रकाशन एवम् प्रसारण भएका कुनै पनि विषयमा असन्तुष्टि भए पत्रकार आचारसंहिता एवम् कानुनी उपचारको बाटो हुँदाहुँदै संचारकर्मीमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको जनाइएको छ । साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि सबैमा महासंघले आग्रह गरेको छ ।

चौलागाईंमाथि भएको दुर्व्यवहारको घटनामा (बुधबार)हिजो सामुदायिक रेडियो शक्ति एफएम् १०३. ४ मेगाहर्ज तथा शक्तिखवर डटकमले विज्ञप्तिमार्फत् आपत्ति जनाएको छ ।
बुधबार दिउँसो मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयाँस्थित अग्निहोत्री आश्रममा समाचार संकलनका लागि पुग्नुभएका चौलागाईंमाथि दुर्व्यवहार भएको थियो ।
यो पनि पढ्नुहोस् ।
शक्ति एफएम् का सहकर्मी चौलागाईमाथि दुर्व्यवहार