हेटौंडा , ९ भदौ । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले थाहानगरपालिका वडा नम्वर ३ दोबाटोस्थित सडकखण्डबाट १०४ किलो लागूऔषध गाँजासहित मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८, बुढिचौरका ४१ वर्षीय अम्बरबहादुर घिसिङलाई पक्राउ गरेको हो ।
थाहानगरपालिका–३ दोबोटास्थित सडकखण्डमा डाँडाखर्कबाट शिखरकोट तर्फजाँदै गरेको ना ७ ख ७६६४ नं. को मिनि ट्रकलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको उक्त परिणामको गाँजा बरामद भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।