हेटौंडा, ९ भदौ । सामुदायिक रेडियो शक्ति एफएम् १०३. ४ मेगाहर्ज तथा शक्तिखवर डटकमका सहकर्मी विकल्प चौलागाईमाथि दुर्व्यवहार भएको छ । आज दिउँसो मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयाँस्थित अग्निहोत्री आश्रममा समाचार संकलनका लागि पुग्नुभएका चौलागाईंमाथि दुर्व्यवहार भएको हो ।
सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर पम्फा रोका, राधा पाठक, बिमला कार्की लगाएतले दुर्व्यवहार गरेका हुन् । यस घटनाप्रति सामुदायिक रेडियो शक्ति एफएम् तथा शक्तिखवर डटकमले विज्ञप्ति जारी गरि निन्दा गरेको छ ।
विज्ञप्तिमा कुनै पनि विषयमा चित्त नबुझे दोहोरो छलफल गर्न सकिने तथा सरोकारावाला राखेर सहमतीमा पुग्न सकिने अवस्था हुँदाहुँदै समाचार संकलनका लागि बोलाएर सामाजिक अभियन्ताबाटै दुर्व्यवहार हुनु आपत्तिजनक विषय भएको उल्लेख छ । साथै दुर्व्यवहार गर्ने पक्षलाई कमिकमजोरी महसुस गरि आगामी दिनमा सौहार्दपुर्ण वातावरणमा सहकार्य गर्ने अवस्था निर्माण गर्न आग्रह गरिएको छ ।
अन्यथा कानुनी कारबाही तथा सुरक्षाको माग गर्दै आवश्यक कदम चाल्न बाध्य हुने विज्ञप्तिमा भनिएको छ ।
