हेटौँडा, ८ भदौ । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा विद्युतीकरणको काम भइरहेको छ । विभिन्न गाउँ विकास समितिका विकट भूगोल गाभिएर बनेको कैलाश गाउँपालिकाका चार वटा वडामा विद्युतीकरणको काम भइरहेको हो ।

‘कैलाश गाउँपालिकाको वडा नम्बर ३, ४, ७ र ८ का लागि ६ वटा ट्रान्सफर्मर सम्बन्धित वडामा पठाइएको छ,’ गाउँपालिका अध्यक्ष टंक मुक्तानले भन्नु भयो, ‘अझै ६ वटा ट्रान्सफर्मर नपुग देखिन्छ, त्यो पनि केही दिनमा उपलब्ध गराउने गरी काम भइरहेको छ ।’

‘हामी स्थानीय तहमा निर्वाचित भएर आउँदा कैलाश गाउँपालिकाको १० वटा वडामध्ये ४ वटा वडामा बिजुली बत्ती लाइन बिस्तार हुदैथ्यो, कतेै काठको पोल र कतै फलामे पोलबाट लगिए पनि बाँँकी ६ वटा वडाका बासिन्दाले एउटा चिमसम्म बाल्न पाएका थिएनन्,’ अध्यक्ष मुक्तानले भन्नु भयो, ‘अहिले ६ वटामध्ये २ वडामा बत्ती बाल्ने काम सम्पन्न हुँदैछ र बाँकी ४ वडामा पनि विद्युतीकरण छिट्टै हुने गरी काम भइरहेको छ ।’

वर्षायाम भए पनि गाउँमा विद्युतीकरणका लागि जनप्रतिनिधि सक्रिय भएका छन् ।