हेटौंडा, ८ भदौ । बागमती प्रदेशमा गत २४ घण्टामा १ हजार १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस अवधिमा ९३० जना अर्थात् १४.२१ प्रतिशतमा संक्रमण पुष्टि भएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ६ हजार ५४४ परिक्षण भएको छ ।
यसैगरि गएको २४ घण्टामा थप ९ जनाको मृत्यु भएसँगै अहिलेसम्म प्रदेशभर ४ हजार २५२ जना अर्थात् १. ०४ प्रतिशत मानिसको कोरोना संक्रमणको कारण निधन भएको हो ।
प्रदेशमा अहिलेसम्म ४ लाख ८ हजार ५४३ जना अर्थात् १७.१३ प्रतिशत मानिस संक्रमित भएका छन् । यस अवधिमा ३ लाख ८७ हजार ३२६ जना अर्थात् ९४.८१ प्रतिशत संक्रमित निको भएका छन् ।