हेटौँंडा, ७ भदौ ।
नेकपा माओवादी केन्द्र मकवानपुरले भदौ महिना मसान्तसम्म पार्टी सदस्यता नवीकरण र वितरण गरिसक्ने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला सचिवालय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामीको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकले पार्टीका सेल कमिटिहरु निर्माण, भेला तथा बैठक गरिसक्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिनले बताउनुभयो ।
बैठकले आउँदो असोज दश गतेभित्र जिल्लाको एकसय दुईवटै वडाको भेला,सम्मेलन सक्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।