हेटौँडा, ७ भदौ । व्यंग्य लेखक गोविन्द पौडेलको कृति ‘गिलासवाद’को लोकार्पण भएको छ ।

मकवानपुरका वरिष्ठ व्यंग्यलेखक आरसी रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गिलासवाद लोकार्पण गरिएको हो ।

कार्यक्रममा मकवानपुरका पहिलो व्यंग्यकार रामचन्द्र आचार्य फुर्सती, आरसी रिजाल, निमेष निखिल, लेखक पौडेल, राजकुमार लामिछानेलगायतले गिलासवाद पुस्तक र मकवानपुरमा हास्यव्यंग्य लेखनबारे बोल्नु भएको थियो ।