म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटन १–१ को बराबरी
इंग्लिस प्रिमियर लिगमा टोटनहमले आइतबार लगातार दोस्रो जित निकालेको छ । यसका लागि उसले उल्भ्सलाई १–० ले हरायो । खेलको एक मात्र गोल डेल अलिले पेनाल्टीबाट नवौं मिनेटमा गरे ।टोटनहमको छ अंक भएको छ । उल्भ्सको भने यो लगातार दोस्रो हार हो र अंकविहीन रहेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनसँग १–१ को बराबरी खेल्यो । यो नतिजापछि म्यानचेस्टरको दुई खेलबाट चार अंक भएको छ । साउथह्याम्पटनले भने पहिलो अंक बटुलेको छ । यसैगरी अर्काे खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे ।यस जितसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकालेको छ । चेल्सीले २ खेलमा ६ अंक जोडेको छ । चेल्सी तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।