हेटौँडा, ६ भदौ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा नेताहरूको कार्य विभाजन टुङ्गो लगाइने बताइएको छ ।
आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाले कतिपय सांगठनिक विषयहरुको बारेमा निर्णय लिन केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएकोले छलफल सुरु गरिएको बताउनुभयो ।
आजको बैठकले केन्द्रिय समितिको रिक्त पद पूर्ति, प्रदेशमा रहेका रिक्त पदाधिकारी, केन्द्रिय सदस्यहरुको कार्य विभाजन गर्ने बारेमा आवश्यक निर्णय लिने बताइएको छ ।
त्यसका साथै सदस्यता नवीकरण, वितरणदेखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरूको विषयमा बैठकमा छलफल हुने नेता श्रेष्ठले बताउनभएको छ । ।