हेटौँडा, ५ भदौ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ

एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम कायम नै रहेका कारण चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको हो ।

मकवानपुरमा आगामी भदौ १० गतेसम्म कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएकोले जिम्मेवार भएर निषेधाज्ञाको पालना गरि चाडपर्व मनाउन सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आग्रह गर्नुभएको छ ।

मकवानपुरमा कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले यस अवधिमा पर्ने जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रा लगायतका पर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन र भिडभाडजन्य गतिविधि नगर्नु÷नगराउनु हुन सर्वसाधारण सबैमा अनुरोध गर्दछौं प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ