सरोज लामिछाने
विद्यार्थी –सर, आवाज सुनिएन
सर –तपाईहरुले सुनिरहनभएको छ ?
विद्यार्थी –आवाज अड्किरहेको छ
सर –नेट कमजोर भएर होला
अभिभावक –सर, नानीको र बाबुको एउटै समयमा कक्षा रहेछ , एउटा मोबाइल छ, समय मिलाउन मिल्छ त ?
सर –सकेसम्म हामी मिलाउने प्रयास गर्छौे ।
यी माथिका संवाद अनलाइन कक्षामा भएको वार्तालापको एक अंश हो । विगत एक वर्ष देखि विद्यालय तथा विश्वविद्यालयका कक्षाहरु कोरोना भाइरसका कारण अनलाइन कक्षा हुदै आएका छन । हाम्रो देशको सन्दर्भमा अनलाईन कक्षा शिक्षक र विद्यार्थीे दुबैलाई नवीन अभ्यास हो ।
अझ भन्नुपर्दा शिक्षककालागि यस्ता कक्षा आप्ःनो सिप, दक्षता तथा विषयवस्तुको ज्ञान प्रस्तुत गर्ने अवसरको साथसाथै चुनौती पनि देखिन्छ । आम शिक्षकहरूको गुनासो अनलाईन कक्षामा विद्यार्र्थीेको न्यून सहभागीतामा केन्द्रित छ ।
न्युन सहभागिता हुनु मा एउटा विशेष शिक्षक, विद्यार्र्थी र अभिभावकको मात्रै कमजोरी नभई राज्यव्यवस्थाको पनि भूमिका त्यतिकै देखिन्छ । सबै स्थानमा विद्युत सुविधा नहुनु, इन्टरनेटको पहुँच नपुग्नु, मोबाइल वा कम्प्युटर खरिद गर्न अभिभावकलाई कठिन हुनु जस्ता कारणले अनलाइनलाई गाह्रो पक्कै बनाएको छ ।
विविध समस्या बुभ्mदा बभ्ःदै पनि ६० जनाको भौतिक उपस्थिति े हुनेकक्षामा २५– ३० विद्यार्र्थीलाई अनलाईनमा अध्यापन गर्नुपर्ने बाध्यता अहिलेको सन्दर्भमा देखिन्छ । एकातिर विद्यालयले केही गरेन भन्ने, अर्केतर्फ केही गरेको बाहिर ल्याउनुपर्ने कारण हाम्रो परिवेशमा अनलाइन कक्षा गुज्रिरहेको छ ।
भौतिक कक्षामा सफल एउटा कुशल शिक्षक अनलाइनमा सफल हुन्छ भन्ने छैन । अहिले शिक्षकले जुम, गुगलमिट, माइक्रोसप्ःट टिम, वाइज, गुगल क्लास जस्ता सिकाइका याप चलाउन जान्नु आवश्यक छ । के यी याप प्रयोग गर्दैमा अनलाईन कक्षा शिक्षण प्रभावकारी हुन्छ ? अवस्य हुदैन, यसका अतिरिक्त उसमा उचित सामग्री निर्माण सिप, स्लाइड निर्माण, विभिन्न वेभ टुल्स, अनलाइन खेलहरूको जानकारी तथा प्रयोग गर्न जान्नु अति आवश्यक हुन्छ । पुरातन कक्षालाई प्रविधिसँग जोड्नु आवश्यक छ, जसरी भौतिक कक्षामा विद्यार्र्थीमा उत्प्रेरणा जगाउन, पाठ संग सन्र्दभ जोडन शिक्षकले विद्यार्र्थीले पहिले जानेका कुरालाई विषयवस्तुसँग गास्न विविध क्रियाकलाप गर्नुपर्ने हुन्छ ।
अहिलेको शिक्षण सिकाइ भनेको जीवन व्यवहारिक सिप सिकाउने, सक्षमता विकास गराइ पढाउने भन्दा सिकाउने हो । विषयवस्तु बीच सम्बन्ध देखाएर एकीकृत ढाँचाको सिकाइ वर्तमान पाठ्यक्रमको मूल मर्म हो। लिखित परीक्षा भन्दा निरन्तर मूल्यांकन र रुब्रिक्स विधिका प्रयोगले सिकारुको वास्तविक मूल्याकन हन्छ भन्ने धारणा पहिले देखि छलफलमा आइरहेको छ । तसर्थ अनलाईन कक्षा मा विद्यार्र्थी रुची जगाउन कक्षाभित्र प्रवेश गरिसकेपछि एउटा शिक्षकले ४० मिनेटको कक्षालाई फरक तरिकाले संचालन गर्न सक्दछ ।
अनलाईन अध्यपन सरल देखिए पनि यो कार्य सोजे जती त्यति सरल पक्कै छैन । एउटा ४० मिनेट अनलाईन पढ्नु पढाउनुभएको हाम्रो वास्तविक कक्षाको २,३ कक्षा बराबरको सिकाइ हुन्छ । शिक्षक आफ्नो क्षमता प्रस्तुति दिेन कति सक्यो सकेन महत्वपूर्ण कुरा हुन आउँदछ ।
अनलाइन कक्षा प्रभावकारी गर्न विषयवस्तुको ज्ञान, सामग्री निर्माणको अलावा प्रविधिसँग खेल्न जानु पर्दछ । हाम्रो परिवेशमा विद्यार्र्थाको पहुँचमा डिभाइस र नेट भएपनि कक्षामा नजोडिनुको कारण बानी हो । अनलाईनबाट पनि सिकाइ हुन्छ र भन्ने पुरातन मान्यतालाई पनि चिरेर अगाडि बढन आवश्यक छ ।
हामी सधै आधुनिकता खोज्ने, उत्तर आधुनिकता तर्फ लम्कनखोज्ने अनि शिक्षण सिकाइमा चाहि किन
सधेै शिक्षके एकोहारो विद्यार्र्थीको अगाडि पाठयपुस्तकका पृष्ट घाटी सुक्नेगरी पढेर सुनाए मात्र पढाइ हुने भन्ने मान्यता राख्ने । तसर्थ हामी प्रविधिमैत्री डिजिटल समय, प्ःिलप क्लास, प्रोगाम डिजाइनरको कुरा गरिरहदा अबका कोभिड सामान्य भएपछिका समयमा पनि एक दुई कक्षा वा अतिरिक्त विषय अनलाइन सहजीकरणको लागि योजना आजैदेखि बनाउनुपर्ने देखिन्छ र त्यसको लागि हामीले पूर्वाधार र विद्यार्र्थी तयारी गर्नुपर्दछ ।े
हाम्रोकक्षाको ४० मिनेट लाई प्रभावकारी बनाउन अनलाइन कक्षालाई तीन चरणमा बिभाजन गरी विभिन्न क्रियाकलाप गर्न सकिन्छ ।
अनलाइन कक्षा लिनु पूर्व
आवश्यक सामग्री निर्माण गर्ने
सामग्रीको गुणस्तरीयता परीक्षण गर्ने
आफ्नो डिभाइसको व्यवस्था गर्ने
कक्षाका लागि शिक्षकको उचित बसाइको व्यवस्था गर्ने
क्यामेरा मा सिधा हेर्ने
शिर देखि कम्मर सम्मको भाग देखिने गरी बस्ने
उचित हाउभाउ प्रस्तुत गर्ने
कक्षाको नियमको बारेमा जानकारी गराउने
विषयवस्तुको ज्ञान तथा प्रविधि सम्बन्धी ज्ञान
विषयवस्तु प्रस्तुति योजना
छलफलको तारतम्य
सिकारु उत्प्रेरणा
अनलाइन कक्षा योजना
विषयवस्तुको सुरुवात – १० मिनेट
विषयवस्तुको प्रस्तुति –२० मिनेट
विषयवस्तुको अन्त्य – १० मिनेट
े विषयवस्तुको सुरुवात
सहभागी प्रवेश
सहभागीलाई स्वागत, अभिवादन गर्ने
पूर्वपाठको पुनरावृत्ति
आजको उदेश्यको बारेमा जानकारी गराउने
उनीहरुलाई सहज महसुस गराउने
प्रस्तुति वा मध्य
प्रविधिको प्रयोग
टुल्सको प्रयोग
सामग्री प्रस्तुति
प्रविधिको प्रयोग
सामग्रीको आकार,
समय, विषयवस्तु र प्रस्तुतिमा ध्यान दिने
विद्यार्थीको सहभागिता
अन्त्य
च्याट मार्फत छलफल
अन्तरक्रिया
पाठको सारांश
प्रश्नोत्तर
भोलिपल््टको पाठको जानकारी र विदाई
निधारीत समय भन्दा केही मिनट अघि कक्षा अन्त्य गर्ने
अन्त्यमा शिक्षकले विषयको प्रकृति अनुसार अडियो, भिडियो, तस्बिरको प्रयोग गरी अन्तरक्रियात्मक स्लाइड तयार गरी कहुट, क्वििज,प्याडलेट, मेन्टिमिटर, गुगल फर्म लगायत विविध याप, सर्च इन्जिन तथा वेभ टुल्स प्रयोग गरी कक्षा अझ प्रभावकारी बनाउन सकिन्छ । बढीभन्दा बढी विद्यार्थीलाई अनलाइनमा जोड्र्न विद्यार्थीलाई राज्यबाटै निशुल्क वा न्यून शल्कमा नेट÷डाटाको व्यवस्था गर्नसके यो विषम परिस्थिितिमा सिकाइ अगाडि बढाउन सहज हुने देखिन्छ ।
लेखक हेटौंडा ६ चौघडास्थित वंशगोपाल माध्यमिक विद्यालयका अंग्रेजी विषयका माध्यमिक तहका शिक्षक तथा हेटौँडा क्याम्पसका अंग्रेजी विषयका अध्यापक हुनुहुन्छ । )