हेटौँडा, २ भदौ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता चयन हुनुभएका अष्टलक्ष्मी शाक्यले बिहीबार मुख्यमन्त्रीको शपथ लिनु हुने भएको छ ।

बुधबार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिनु भएपछि संसदीय दलका नेता चयन हुनु भएका शाक्यलाई मुख्यमन्त्री बनाउने एमालेले निर्णय गरेको छ ।

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापातिर रहनु भएकाले बुधबार नै शाक्यले शपथ लिन नमिलेको हो । प्रसाईं झापाबाट फर्केलगत्तै बिहीबार मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको बताइएको छ ।