हेटौँडा, २ भदौ । बहुमत हुँदाहुँदै पनि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अप्रत्यासितसँग राजीनामा दिनु भएको छ । मुख्यमन्त्री पौडेलले बुधबार दिउँसो राजीनामा दिनु भएको हो । मुख्यमन्त्री पौडेलले राजीनामा दिएसँगै हेटौँडामा बसेको संसदीय दलको बैठकले नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता बनाएको छ ।
केन्द्रमा एमाले विभाजनको असर बागमती प्रदेशमा नपरे अब शाक्य मुख्यमन्त्री हुने पक्का छ ।