हेटौंडा, १ भदौ । बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ । लामो समयदेखि स्थगित रहेको बैठक आज दिउँसो २ बजे बस्दैछ ।

चालु आर्थिक वर्ष २०७८ र ०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेपछि बैठक स्थगित भएको थियो ।

यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित कालका लागि बैठक स्थगित गर्नुभएको थियो । उक्त बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।