हेटौंडा, ३१ साउन । मकवानपुरमा आगामी भदौ १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जारी निषेधाज्ञालाई आगामी भदौ १० गतेसम्म कायम गर्ने निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञा साउन ३२ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि गत साउन २३ गतेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको थियो ।
जिल्लामा निषेधाज्ञाको समयमा अत्यावश्यक उपभोग्य वस्तु विक्री वितरण गर्ने पसल व्यवसाय विहान ५ बजेदेखि विहान १० बजेसम्म र अन्य व्यवसायहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको हो ।
कोरोनाको त्रास कायम रहेकाले बजारमा निस्कँदा वा भिडभिडमा जानु परेमा अनिवार्य मास्कको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुकोे सुझाव छ ।