हेटौंडा, ३१ साउन । मकवानपुरमा कोरोना संक्रमितको संख्यामा कमी नआएपछि जिल्लाको मालपोत र नापी कार्यालय एकहप्ताका लागी बन्द गरिएको छ । मानिसहरुको अत्यधिक भिडभाड हुने भएकाले यि दुई कार्यालय आइतबार आजबाट एक हप्ताका लागि बन्द गरिएको हो ।

केहि दिन अघि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले यि दुई कार्यालय एक हप्ताको लागि बन्द गर्ने निर्णय भएको हो ।

यसैगरि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्दै आएको सेवामा समेत आलोपालेको व्यवस्था गरिएको छ । कोरोना संक्रमण रोकथाप तथा नियन्त्रणका लागी प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्ने सेवा प्रवाहमा परिवर्तन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

प्रशासन कार्यालय मकवानपुरबाट प्रदान गरिदै आएको नागरिकता, राहदानी वितरण र नवीकरण सम्बन्धी सेवा सातामा फरक फरक दिनमा प्रवाह गरिने छ । एक साता नागरिकता र राहदानीको प्रतिलिपि प्रदान गरिने छ भने अर्को साता नयाँ नागरिकताको सेवा प्रदान गरिने प्रमुख जिल्लाा अधिकारी पाण्डेले बताउनुभयो ।