हेटौंडा, ३० साउन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ।

प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो ।

बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताउनुभयो ।